
काठमाडाैँ- शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा सप्तरीकी मिथिला चित्रकार रुबी कर्णले प्रथम भएर ७५ हजार रुपैयाँ जितेकी छन्।
शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा भएको मिथिला लोक चित्रकला प्रतियोगितामा तीन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
‘मिथिला चित्रकला मधेशको शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा सप्तरीकी कर्ण प्रथम, महोतरीकी नेहा कुमारी द्वितीय र धनुषा जनकपुरधामकी विना कर्ण तीतृय भइन्। प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र बाँकी १२ जनालाई सान्त्वना पुरस्कार ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्याम सुन्दर यादव, सुनैना ठाकुर र मिथिला देवी रहेकी थिइन्।