झापामा १० मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु, प्राधिकरणको सबस्टेसनमा जोडियो

झापामा १० मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु, प्राधिकरणको सबस्टेसनमा जोडियो
+
-

झापा – झापामा १० मेगावाट क्षमतामा मंगलबारदेखि सौर्य ऊर्जा उत्पादन सुरु भएको छ।

झापा इनर्जीको शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि मंगलबार साँझ नेपाल विद्युत प्राधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको हो।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट  इन्जिनियर सीताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका इन्जिनियर हरि तिवारी, परियोजनाका कन्ट्रयाक्टर कुवेरमणि नेपाल, इन्जिनियर अभिषेक पराजुलीको उपस्थितिमा विद्युत प्राधिकरणको सबस्टेसनमा उत्पादिन सौर्य ऊर्जा जडान गरिएको हो।

१५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहने प्राविधिकहरूले बताएका छन्। परीक्षणकालमा उत्पादन भएको ऊर्जा राज्यलाई निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ भने त्यसपछि उक्त ऊर्जा राज्यले खरिद गर्नेछ।

८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो। २१ विघा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएर ऊर्जा उत्पादन सुरु भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए।

माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको भट्टराईले बताए। उनका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?