
काठमाडाैँ- एएसजी आई केयर सर्भिसले एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट दिने भएको छ।
काठमाडौँको नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर र एभरेष्ट बैंकबीच बुधबार बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। योसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्।
उक्त सम्झौता लागू भएसँगै बैकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत शल्यक्रिया प्रक्रियाहरू, माइनर इन्भेष्टिगेशन (कर्मचारी मात्रलाई)अप्टिकलमा १० प्रतिसत सम्मको विशेष छुट पाउनेछन्।
यस्तै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निशुल्क हुने बैंकले जनाएको छ।
सो समारोहमा बैंकका नायव महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना काकी तथा अस्पतालका तर्फवाट व्यापार प्रवर्द्धन प्रबन्धक संजिवकुमार ठाकुरको समेत उपस्थिति थियो।