हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
+
-

झापा- हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ ।

गएराति १:४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ सृष्टि टोल निवासी ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।

उनलाई घरमै जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जंगलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा, जस्ताको छानो भएको भुइँतले घरमा आक्रमण गरी टाटी भत्काएर घरभित्र रहेका सामानहरूसमेत तोडफोड गरी एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त हात्तीलाई छिमेकीहरूसमेतको सहयोगमा धपाउने क्रममा राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा सोही हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव दमक हस्पिटल पठाइएको उनले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?