
काठमाडाैँ – गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित मदिरा ब्रान्डहरु उत्पादन गरेको कम्पनी हिमालयन डिष्टिलरीले बजारमा सिल्भर ओक व्राण्डको मदिरा सार्वजनिक गरेको छ।
नेपाली मदिरा उद्योग मध्येको एक कम्पनी हिमालयन डिष्टिलरीले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयां व्राण्डको मदिरा सार्वजनिक गरेको जनाएको छ।
हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ। यस नयाँ उत्पादन सिल्भर ओक ब्रान्डले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ कम्पनी ले जनाएको छ।
हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध रहेको डिस्टिलरीले जनाएको छ।