मेचीनगर नगरपालिकामा वेथितिको पराकाष्ठा, टिक्नै सक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

मेचीनगर नगरपालिकामा वेथितिको पराकाष्ठा, टिक्नै सक्दैनन् प्रमुख प्रशासकीय अधिकृत
+
-

झापा – झापाको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिक्ने विषय रहँदा रहँदै जनप्रतिनिधि र हालका प्रमुख प्रशासकीय अधिकृतबीच नै तनावको स्थिति उत्पन्न भएको छ।

केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि ‘दुर्व्यवहार’ भएको घटना सेलाउन नपाउँदै नगरप्रमुखमाथि ‘दुर्व्यवहार’ भएको घटना बाहिरिएको छ।

नगरप्रमुख गोपाल बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले दुर्व्यवहार गरेको भन्ने आरोप एमालेका कार्यकर्ताले लगाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीबाट नगरप्रमुख बुढाथोकीमाथि दुर्व्यवहार भएको  गरेको भन्दै स्थानीय युवा विद्यार्थी सोमबार दिनभरजस्तो आन्दोलित बने।जसका कारण मेचीनगर नगरपालिका कार्यालय परिसरमा हात हालाहालको स्थिति उत्पन्न भएको थियो।

माहोल तनावपूर्ण बनेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई प्रहरीले आफ्नै गाडीमा राखेर नगरपालिका कार्यालय बाहिर लगेको थियो। जिल्ला प्रशासन कार्यालय, झापामा पुगेर रेग्मी प्रमुख जिल्ला अधिकारीसँग आफ्ना कुरा राखेको बुझिएको छ।

केही दिनयता मेचीनगरमा नदीजन्य वस्तुको उत्खनन् विषयले तनाव भइरहेको छ। खोला ठेक्का नलगाउने, अघिल्लो आर्थिक वर्षमा ठेक्का लिएका कम्पनीहरूट्लेठ उत्खनन् गर्न नदिने लगायतका समस्याले मेचीनगर तनावपूर्ण बन्दै गइरहेको छ। सेवाग्राहीले चाहेको छरितो सेवा नपाएपछि आम नागरिक, व्यवसायीहरू आक्रोसित बनेका छन्।

असोज १ गतेबाट खोला खोल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतका कारण खुल्न नसकेको व्यवसायीहरूकाे आरोप छ।

आर्थिक वर्ष ०७९-८० मा नगरले ठेक्का लगाउन नसक्दा करिब ७ करोड घाटा व्यहोर्नु परेको थियो। ०७८-७९ मा ठेक्का लिने कम्पनीहरूले समेत बाहिर स्टक गरेको नदीजन्य सामग्री विक्री गर्न नपाएको निर्माण व्यवसायी राजकुमार थापाले जानकारी दिए। उनका अनुसार नगरको लापरबाहीका कारण व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परेको छ।

दुई दिनअघि थापाले हाकिम रेग्मीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। एमालेका युवा नेता राजु कार्कीले मेयरमाथि हदैसम्मको अभद्र व्यवहार देखाएको बताए।

टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

झापाको मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने स्थानीय तहका रूपमा बदनाम भइसकेको छ। कार्यालय प्रमुख सबैभन्दा धेरै परिवर्तन भइरहने स्थनीय तहमध्ये मेचीनगर सबैभन्दा अग्रस्थानमा रहेको छ। पछिल्लो पटक पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा टेककुमार रेग्मी आएपछि पनि मेचीनगर नगरपालिका कार्यालयको हालत उही छ।

रेग्मी अघि राजकपुर चम्लागाईं मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए। तर आएको केही महिना पनि नहुँदै नगरपालिकाका जनप्रतिनिधिहरूले नै उनलाई खेदाए।

चम्लागाईं अघि मेचीनगरमा सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए। उनी पनि धेरै समय टिक्न सकेनन्। उनले पनि पाँच महिनामै सरुवा लिएर अन्यत्र गएका थिए।

दाहालपछि लामो समय मेचीनगर प्रमुख प्रशासकीय अधिकृतविहीन भयो। जसोतसो गरेर आँट गरेर भए पनि आएका प्रमुख प्रशासकीय अधिकृत टिक्नै सक्दैनन्। प्रमुख प्रशासकीय अकिधृतका रूपमा आएका सहदेव रायमाझी, दिनानाथ लम्साललगायतकाे पनि छोटो समयमा नै सरुवा भएको थियो।

अलि समय टिकेका प्रमुख प्रशासकीय अधिकृत भने खेमराज ओझा र महेन्द्र खाम्याहाङ मात्र हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?