
काठमाडाैँ – सामसङले आफ्ना ग्राहकहरूको नयाँ वर्ष खास बनाउन अफर सार्वजनिक गरेको छ।
ग्राहकहरूको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ सामसङले नयाँ वर्ष सन् २०२४ को अवसरमा मोबाइलको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
बजारमा प्रचलनमा रहेका मोबाइलहरूको २ हजार रुपैयाँ कम गरेर उपलब्ध गराइएको सामसङले जनाएको छ।
सामसङले ग्यालेक्सी ए ३४ ५जी, ग्यालेक्सी ए0४एस, ग्यालेक्सी ए0४ र ग्यालेक्सी एम१४ ५जीको प्रचलित मूल्यभन्दा दुई हजार रुपैयाँ कम गराएको हो। यस अवसरको भरपूर फाइदा उठाउन पनि कम्पनीले आग्रह गरेको छ।
अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्सबाहेक ग्यालेक्सी ए३४ ५जीमा ५ वर्षको सेक्युरिटी अपडेट र ४ ओएस अपग्रेडहरुको सुविधा छ।
यसैगरी ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४रग्यालेक्सी एम १४ र एम०४मा पनि ४ वर्षको सेक्युरिटी अपडेट र २ ओएस अपग्रेडहरुको सुविधा छ, जसले प्रयोगकर्ताहरुलाई सहज बनाइदिने कम्पनीको दाबी गरेकाे छ।