आउँदो शुक्रबारदेखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

आउँदो शुक्रबारदेखि  नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
+
-

काठमाडौँ-  आउँदो शुक्रबारदेखि काठमाण्डौँको भृकुटीमण्डपमा नेपाल वुड तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर अन्तर्राष्ट्रिय प्रदर्शनी मेला हुने भएकोे छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि ले संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आउँदो पुष २० गते देखि २२ गते काठमाण्डाैँको भृकुटीमण्डपमा हुन लागेको हो।

फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको यो नवौं संस्करण हो।

उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्यातिप्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु को उल्लेखनीय सहभागिता रहने छ।

यस नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन्। यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको छ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्‍याउने विश्वास राखेको आयोजकले जनाएको छ।यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ।

यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?