
काठमाडाैँ – महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई एपोलो डायग्नोस्टिक नेपालले स्वास्थ्य क्षेत्रमा छुट दिने भएको छ।
बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौँको धुमबाराहीमा रहेको एपोलो डायग्नोस्टिक नेपालँग सम्झौता गरेको जनाएकाे छ।
सम्झौतापश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले एपोलो डायग्नोस्टिकबाट विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
जसमा बैंकका ग्राहकहरुले स्वास्थ्य प्याकेजहरूमा २५ प्रतिशत, नियमित परीक्षणमा २५ प्रतिशत, आउटसोर्स परीक्षणमा १० प्रतिशत,कोभीड १९ आरटी पीसीआर परीक्षणमा १ हजार रुपैँया र कोभीड १९ द्रुत एन्टिजेन परीक्षणमा ७५० रुपैँया छुट पाउनेछन्।
डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले यस्तो सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।