बिर्तामोडमा आदिवासी जनजाति नगर पर्यटकीय दोस्रो महोत्सव आयोजना हुने

बिर्तामोडमा आदिवासी जनजाति नगर पर्यटकीय दोस्रो महोत्सव आयोजना हुने
+
-

झापा – झापाको बिर्तामोडमा आगामी माघ ९ देखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव गर्न लागिएको हो ।

आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए ।

उनले महोत्सवले आदिवासी समुदायको कला संस्कृतिको जगेर्नाका साथै मौलिक खानपान र पहिरनको प्रवर्धनमा सहयोग पुग्ने बताए ।

अध्यक्ष राजवंशीले लोप हुँदै गएको कला, संस्कृति र पहिचानको संरक्षण नै महोत्सवको मुख्य उद्देश्य भएको बताए । धर्मकाँटा रोडको उत्तर भागमा महोत्सव आयोजना हुने भएको छ ।

१५० वटा स्टल रहने महोत्सवमा जातीय कला, संस्कृतिको प्रदर्शनीसँगै मनोरञ्जनका लागि हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

२२ दिनसम्म चल्ने महोत्सवभित्र हरेक समुदायको लाथि एक–एक वटा स्टल रहनेछन् ।

महासंघका उपाध्यक्ष दीपेन्द्र चौधरीले हरेक दिन आदिवासी, जनजाति समुदायको कला, संस्कृतिसँगै खानपान र पहिरनको प्रदर्शनी रहने जानकारी दिए ।

नयाँ पिँढीलाई आफ्नो समुदायको कला, संस्कृति, भेषभुषाबारे जानकारी दिन पनि महोत्सव प्रभावकारी हुने विश्वास गरिएको छ ।

महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहने जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?