राष्ट्रिय सभा निर्वाचनःअन्य दल उम्मेदवार छनोटमा लागेका बेला के गर्दैछ राप्रपा?

राष्ट्रिय सभा निर्वाचनःअन्य दल उम्मेदवार छनोटमा लागेका बेला के गर्दैछ राप्रपा?
+
-

झापा-माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा अन्य दलहरू उम्मेदवार छनोटमा व्यस्त रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी भने चुपचाप अवस्थामा देखिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दल अहिले उम्मेदवार छनोट र सिट बाँडफाँडमा व्यस्त छन्। तर राप्रपाले भने राष्ट्रिय सभा निर्वाचनलाई त्यति महत्व नदिएको जस्तो देखिन्छ।

संख्याको हिसाबले संसदमा कांग्रेस,एमाले तथा माओवादी केन्द्रको उपस्थिति भन्दा राप्रपाको उपस्थिति कमजोर रहेका कारण पनि राप्रपाले राष्ट्रिय सभाको निर्वाचनलाई महत्वका साथ नहेरेको कतिपयको बुझाइ छ।
अन्य दलहरू भागबन्डा र सिट बाँडफाँडमा लागिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रवासमा भइरहेका कार्यक्रमहरूमा व्यस्त छन्।
केही दिन अघि विदेश भ्रमणबाट फर्केका लिङ्देन गएराति पुनः मलेसियामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा दौड गर्नुको कुनै अर्थ छैन। यस अघि छानिएका जनप्रतिनिधिहरूको मतबाट छानिने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीले ध्यान नदिएको श्रेष्ठले बताए। तर सत्ता गठबन्धनका तर्फबाट एक सिटसम्म पाउने आश रहेको उनले बताए।

श्रेष्ठले भने, ‘हामीले एउटा सिट पाइएला भन्ने आश छ । त्यो पनि कोशी प्रदेशमा राप्रपाको साथ चाहिएकाले एक सिट उपलब्ध होला कि भन्ने हो।’  सत्ता गठबन्धनले कोशी प्रदेशको सभामुख राप्रपालाई दिने आश्वासन दिएको छ। तर कोशीको सभामुख राप्रपालाई दिने भनेको कांग्रेस नेतृत्वको सरकार टिकाउनु रहेको राप्रपाका नेताहरूले बताएका छन्।

राप्रपाका प्रवक्ता श्रेष्ठले देशसञ्चारसंग भने, ‘कोशीको सभामुख हामीलाई चाहिएकै होइन। हाम्रो समर्थनबिना कोशीमा सरकार टिक्दैन । हामीलाई सभामुख दिनु भनेको उहाँहरूकै सरकार टिक्नु हो । तर राष्ट्रिय सभामा हाम्रो उपस्थिति चाहिएको हो।’
कोशी प्रदेशको सभामुख र राष्ट्रियसभा सदस्यमा हुने भागबण्डालाई प्याकेजमा टुंग्याउन चाहेको राप्रपाका नेताहरूको मनस्थिति छ।

नेकपा एमालेले पनि राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो दललाई ‘शून्य’ नबाउन आग्रह गरेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले यस अघि नै बताइसकेका छन्। राप्रपालाई नदिँदा पार्टीले सभामुख अस्वीकार गरेर कोशी सरकारलाई समर्थन दिएन भने कोशी सरकार गिर्ने भय सत्ता गठबन्धनलाई छ। २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी राप्रपाले १४ सिट जितेको छ।

प्रदेश प्रदेशसभातर्फ कोशीमा ६, मधेशमा १, बागमतीमा १३, गण्डकीमा २, लुम्बिनीमा ४, कर्णालीमा १ र सुदूर पश्चिममा १ सिट जितेको छ। संघ र प्रदेशको यो सिट संख्याको आधारमा बागमती प्रदेशसभामा राप्रपाका भुवन पाठक सभामुख र लुम्बिनीमा मेनुका केसी उपसभामुख छन्।

कुनैपनि प्रदेशमा राप्रपाको मत निर्णायक छैन। कोशीमा ६ जना प्रदेशसभा सदस्य र ४ जना पालिका पदाधिकारी गरी ३९४ मतभार र मधेशमा एक प्रदेशसभा सदस्य मात्रै हुँदा ५३ मतभार छ। बागमतीमा १३ जना प्रदेशसभा सदस्य र एक जना पालिका पदाधिकारी गरी ७०८ मतभार छ।

गण्डकीमा दुई जना प्रदेश सदस्यको १०६ मतभार, लुम्बिनीमा ४ प्रदेशसभा सदस्य र ३ जना पालिका पदाधिकारी गरी २६९ मतभार, कर्णालीमा एक जना प्रदेशसभा सदस्यको ५३ अंक र सुदूरपश्चिममा एक प्रदेशसभा सदस्यको ५३ अंक छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?