
काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको दुई दिने भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका थिए ।
उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयको पुस्ताकालय उद्घाटन गरेका थिए ।
बिहीबार उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए ।
आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदानसमेत भएका थिए ।
तस्बिरहरूः