
काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल उड अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ। शुक्रबारबाट सुरु भएको तीन दिने मेलामा विभिन्न देशहरुबाट ८० कम्पनीका स्टलहरु रहेका छन्।
एक्स्पोको उद्घाटन सहरी विकासमन्त्री सीता गुरुङले गरेकी हुन्। ८० कम्पनीहरुले १५० भन्दा बढी ब्राण्डका सामानहरु प्रदर्शनीमा राखेको र जसमा ३५ देखी ४० कम्पनी नेपालका रहेकाे मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।
मेलामा नेपाल, भारत, चीन, मलेसिया, इटाली लगायत देशका कम्पनीका स्टलहरु रहेको र सबैभन्दा धेरै भारतका रहेको निर्देशक भट्टराईले बताए। मेलामा बजारका भन्दा फरक र नयाँ सामग्रीहरु हेर्न र किन्न पाइने उनको भनाई छ।
उनले नेपालमा भएको काष्ठ उद्योगलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने तथा मेलाले नेपाल र विदेशी कम्पनीहरुले पनि आफ्नो बजार विस्तार गर्ने अवसरका रुपमा भुमिका खेल्ने बताए।
मेलामा आएका विदेशी कम्पनीहरुबाट उत्पादित सामग्रीहरु नेपालमा उत्पादन गर्नका लागि जानकारी मिल्ने उनले बताए। उनले भने,’नेपालमा टेक्नोलेजी उधोगलाई बडाउन र टेक्नोलोजी मेसिन ल्याएर नेपालमा काष्ठ उद्योग उत्पादन गरेर बाहिर अन्तर्राष्ट्रिय बजारमा काठ निर्यात गर्नुनै हाम्रो मुख्य उद्दश्य हो।
त्यस्तै उनले रेडिमेड वल्स प्यानल, डब्लु पीसी ढोका हरु पनि मेसीनरीका कम्पनीहरु ल्यायर नेपालमा उत्पादन गरेर बाहिर निर्यात गर्न सकिने बताए।
उनले भने ,’आठौ सस्करण गर्दा सम्म नेपालबाट प्लाइ वुड निर्यात नै हुन्थेन, त्यसपछी नवौ सस्करण गर्दा सम्म प्लाइ वुड भारतमा राम्रो निर्यात हुन थालेको छ। उनले भारतमा निर्यात हुने सामाग्रीमा प्लाइ वुड ७ नम्बरमा रहेको बताए। करोडौ देखी अरबौसम्मको प्लाइ निर्यात हुने उनकाे भनाइ छ।
नेपालीले यहाँ आएका टेक्नोलोजी मेसीन प्रयोग गरेर आफुले उत्पादन गरेको सामाग्रीहरु अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने मौका पाउने उनले बताए।
उनले सरकारले भन्दा पनि बिभिन्न काठसम्बन्धीका संघ सँस्थाहरुले सहयोग गरेको बताए। उनले भने,’सरकारको आर्थिक सहयोग त चाहिएको छैन, तर नेपालमा काठको उत्पादन राम्रो भएको छ। नेपालमा उत्पादन भएको सामाग्रीलाई बाहिर चिनाउन सरकारको सहयोग चाहिन्छ। यस्तै खालको कार्यक्रम बिदेशमा लगेर गर्नको लागी नेपाल सरकारको लोगो प्रयोग गर्न पाएपछि र नेपाल सरकारको सहयोग छ है भन्नको लागी पनि सरकारले सहयोग गर्न आवश्यक छ।’
मिडिया स्पेस सोलुसन्स प्रा.लि.नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालि भारतको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो। सन २०१६ बाट सुरु गरिएको यो मेला प्रत्येक वर्ष हुने गर्दछ।