झापामा बसले मोटरसाइकललाई दियो ठक्कर, एक जनाको मृत्यु

झापामा बसले मोटरसाइकललाई दियो ठक्कर, एक जनाको मृत्यु
+
-

झापा – झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटना परी अन्य दुईजना गम्भीर घाइते भएका छन्।

साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नम्बरको बससंग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो।

पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन्। माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?