झापाको दोमुखाका होटलबाट ढलको पानी सोझै कनकाई नदीमा, श्रद्धालु दुषित पानीले स्नान गर्न बाध्य

झापाको दोमुखाका होटलबाट ढलको पानी सोझै कनकाई नदीमा, श्रद्धालु दुषित पानीले स्नान गर्न बाध्य
+
-

झापा – पूर्वको पर्यटकीय स्थल दोमुखामा स्थापित होटलहरूले ढलको पानी सोझै पवित्र कनकाई नदीमा मिसाउने गरेका छन् ।

दैनिक हजारौं भक्तालु स्नान गर्नका लागि आउने गरेको कनकाई नदीमा होटलको ढलको पानी मिसाउने गरिएकोमा भक्तालु दुषित पानीले नुहाउन बाध्य छन् ।

पितृश्राद्ध गर्न आउने कतिपयले त्यही पानीले पीण्ड सामाग्री पकाउने गरेका छन् ।

पूर्वको कनकाई नदी पवित्र नदीको रुपमा परिचित छ । दैनिक हजारौं भक्तालु कनकाई नदीमा स्नान गर्नका लागि आउने गरेका छन् ।

आइतबार अपराह्न दोमुखास्थित कनकाई नदी तटमा पुग्दा धेरै परिवार पितृश्राद्धका लागि आएका थिए । तर जहाँ उनीहरू श्राद्ध गरिरहेका थिए, त्यहीँ छेउमा बनेको एउटा होटल दोमुखा रिसोर्टबाट निकालिएको ढलबाट फोहोर पानी बगिरहेको थियो । त्यही फोहोर पानीबाट दुर्गन्ध फैलिइरहेको थियो ।

त्यो पानीबाट दुर्गन्ध मात्र फैलिएको छैन, होटलबाट निकालिएको ढलको पानी सोझै पवित्र कनकाई नदीमा मिसिएको छ । एउटा होटलबाट मात्र होइन, टाढाबाट नदेखिने हिसाबले नदी किनारमा बनाइएका प्रत्येक होटलबाट ढलको पानी निकालेर सोझै नदीमा मिसाइएको छ ।

नदी किनारमा पितृकार्य गर्न आएका धेरैले दोमुखामा रहेका होटलहरूको उक्त गर्नै नहुने कामप्रति तीब्र असन्तुष्टि जनाएका छन् । तर, होटलबालाहरू खुलेर बोल्न चाहँदैनन् ।

दोमुखा पारिपट्टि धनुषकोटी धाम अवस्थित छ । विभिन्न मठमन्दिरसमेत रहेको पवित्र स्थानमा दोमुखाका होटलहरूको ढलको पानी सोझै नदीमा हाल्ने कामको चौतर्फी आलोचना भइरहँदा होटलवालाहरूले भने अस्थायी व्यवस्था गरेको बताएका छन् । दोमुखा रिसोर्ट प्रालिका सञ्चालक विरेन्द्र प्रकाश मैनालीले छेउको सडकमा नगरपालिकाले नाला बनाइदिएपछि नदीमा फोहोर पानी हाल्ने काम बन्दै गर्ने बताए ।

उनले भने, ‘दुई महिनामा यहाँ नाला बनिसक्छ होला । त्यसपछि ढलको पानी नालामा हाल्छौं ।’

नदीमा फोहोर फाल्न वा फोहोर तथा दुषित पानी सोझै हाल्न कानून पनि बर्जित गरेको छ ।

पवित्र तीर्थस्थलमा देखिएको नदी दुषित बनाउने यो श्रृंखला बन्द गराउन स्थानीय सरकारको ध्यान जान जरुरी रहेको स्थानीयबासीले बताएका छन् ।

पर्यटकीय दोमुखा क्षेत्र शिवसताक्षी नगरपालिकामा पर्छ । छिमेकी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले त्यसरी फोहोर पानी सोझै नदीमा हाल्नु गलत भएको बताए ।

उनले भने, ‘यो सरासर गलत भयो । फोहोर उचित व्यवस्थापन हुनुपर्छ । यसरी त हुँदैन ।’

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दोमुखा पर्यटकीय क्षेत्र विकास समितिका पदाधिकारीलाई उक्त समस्या समाधान गर्नका लागि निर्देशन दिने बताए ।

उनले भने, ‘सतहमै फोहोर पानी बगेर नदीमा मिसिनु गलत कुरा हो । यस्को समाधान म तुरुन्त निकाल्छु ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?