
काठमाडाैँ- पोल्याण्ड पठाइदिन्छु भनेर २ लाख १७ हजार रुपैँया ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
दोलखाको भिमेश्वर नगरपालिका ४ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका ८ बस्ने पुजा श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनी २ लाख १७ हजार रुपैँया ठगी गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो।
पुजाले कलालाई पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्छ,पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी १ लाख ५० हजार तलब भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।
उनले पटक–पटक गरी २ लाख १७ हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।
पुजालाई काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।