
काठमाडाैँ- सर्बिया पठाइदिन्छु भनेर करिब ९ लाख रुपैँया ठगी गर्ने २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भनि सरिता घलानबाट ८ लाख ९० हजार रुपैँया ठगी गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो।
कुमार र सञ्जयले सरिता र्लाइ सर्बिया जान ९ लाख लाग्छ, पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी १ लाख तलव भनेर प्रलोभनमा पारेर सरिताबाट पटक–पटक गरि १३ लाख ५० हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।
कुमार र सञ्जय लाई काठमाडौँको महाबौद्ध र सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।