‘कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्छ’

‘कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्छ’
+
-

बुटवल – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुनुपर्ने बताएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको बताए ।

सभामुख घर्ती मगरले बिकास निर्माणसँगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउँदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहनुपर्ने बताए।

उपसभामुख मेनुका खाड केसीले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताइन् । प्रदेश सभा सदस्यहरु भोज प्रसाद श्रेष्ठ र तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताए ।

बुटवल उपमहानगरपालिका उपमेयर सावित्रादेवी अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको र प्रदेश सभाले बनाएको कानुन इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताइन्।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, सियारी गाउपालिकाका अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा प्रदेशले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि तथा कानुन उप सचिब ईश्वरी प्रसाद आचार्यले गाउँरनगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गरेका थिए।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले २१ ऐन, १२ नियमावली, ४५ कार्यविधि, १० निर्देशिका, ४ मापदण्ड निर्माण गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?