अमेरिका पठाइदिन्छु भनी झण्डै २४ लाख रुपैँया ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भनी झण्डै २४ लाख रुपैँया ठगी गर्ने पक्राउ
+
-

काठमाडौँ- अमेरिका पठाइदिन्छु भनेर झण्डै २४ लाख रुपैँया ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ६ बस्ने बेन्जु महतले अमर बहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैँया ठगी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।

महतले अमरलाई अमेरिका जान ५० लाख रुपैयाँ लाग्छ, पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी ४ लाख तलब भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

उनले पटक–पटक गरी २३ लाख ५० हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

बेन्जुलाई काठमाडौँको बुढानिलकण्ठ ६ भंगाल चपलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?