
काठमाडौँ- टर्की पठाइदिन्छु भनेर झण्डै ६ लाख रुपैँया ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पश्विम नवलपरासीको बर्दघाट नगरपालिका १५ घर भई पुर्व नवलपरासीको देउचुली नगरपालीका १७ बस्ने महेश तामाङले रमेश थापा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिन्छु भनी ५ लाख ५० हजार रुपैँया ठगी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।
महेशले रमेश समेत ३ जनालाई टर्की जान प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ लाग्छ,पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी १ लाख तलब भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।
महेशले पटक–पटक गरी ५ लाख ५० हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।
महेशलाई इलाका प्रहरी रजहर नवलपरासी(पूर्व) सँग समन्वय गरी नवलपरासीको(पूर्व) देउचुली १७ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।