
काठमाडाैँ- नेपाल ल्यूब आयल लि.का अध्यक्ष अरुणकुमार चौधरीले देश र बजारको हालको अवस्था निकै नै गम्भीर रहेकाले यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी रहेको बताएका छन। उनले ल्यूब को ३२ औं वार्षिक साधारणमा उनले यस्तो बताएका हुन्।
कम्पनीले अघिल्लो वर्षझैँ यस साधारण सभा मार्फत पनि शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
हाल देशभरि नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थीर र अन्योल अवस्थाबाट गुज्रिरहेको स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा शेयरधनीहरुले खुल्ला प्रशंसा गरेको ल्यूबले जनाएको छ।
त्यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको ल्यूवले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए।
उने नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध रहेकाे बताए।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरण समेत गर्दछ।