
काठमाडाैँ – शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने भएको छ।
सिमेन्ट्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको अवसरमा आर्थिक वर्ष २०७९–८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्तावसमेत पारित गरेको हो।
आर्थिक वर्ष २०७९–८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्व ४० करोड रुपैँयाको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रपैँया बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभांससहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस शेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुने कम्पनीले जनाएको छ।
शुक्रबार सिमेन्ट्सले राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा आयोजना गरेको थियो।