चौधरी ग्रुपले तिर्‍याे १६ अर्ब १४ करोड रूपैयाँ कर

चौधरी ग्रुपले तिर्‍याे १६ अर्ब १४ करोड रूपैयाँ कर
+
-

काठमाडौँ- चौधरी ग्रुपले आर्थिक बर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ।

ग्रुपले आईतबार कर तिरेको विज्ञप्ति गर्दै व्यवसायिक ग्रुपबाट तिरेको करलाई एकमुष्ठ गणना गरी सरकारी स्तरबाटै सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह गरेकाे छ। यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ।

घिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।  यद्यपि राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक बर्षको तुलनामा चौधरी ग्रुपको राजश्वमा केही कमी आएको जानकारीसमेत कम्पनीले दिएको छ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७५÷७६ मा ११ अर्ब ६७ करोड, २०७६÷७७ मा ९ अर्ब ८७ करोड, २०७७÷७८ मा १४ अर्ब २८ करोड, २०७८÷७९ मा १७ अर्ब ७२ करोड र २०७९÷८० मा १६ अर्ब १४ करोड कर तिरेको चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेल जानकारी दिएका छन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?