
काठमाडौँ– खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो बनाउने उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ ।
खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका देशभरका उत्कृष्ट क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो।
अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए।
‘समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं,’ सीईओ कार्कीले भने, ‘होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं।
समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो÷भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् ।
अपट्रेन्डीले यो अभियान कान्तिपुर पब्लिकेसन्स् लिमिडेट, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको बताएको छ ।