
काठमाडौँ–काठमाडौँको ठमेलमा रहेको एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ।
बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ। सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनःपरेको हो।
सन् २०२२ का लागि ’एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो। यस बर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन। फोटोलाई स्क्यान गरेर भोट गर्न सकिने जनाइएको छ ।