प्री-बजेट छ्लफल हिउँदे अधिवेशनमै हुने

प्री-बजेट छ्लफल हिउँदे अधिवेशनमै हुने
+
-

काठमाडौँ- संसद्को बर्खे अधिवेशनमा हुँदै आएको प्री-बजेट छ्लफल अब हिउँदे अधिवेशनमा हुने भएको छ।

गत वर्ष सरकारले जनाएको प्रतिबद्धताअनुसार हिउँदे अधिवेशनमा प्रीबजेट छ्लफल गर्न अध्यादेशमार्फत ऐन संशोधन हुने भएको हो।

बुधबारको मन्त्रीपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० राष्ट्रपति समक्ष पेश गर्दै यस्तो व्यवस्था गरेको हो। संसदमा बजेट पेश हुनुभन्दा १५ दिन अघि प्रीबजेट छ्लफल सक्नु पर्ने ऐन र नियमावलीको व्यवस्था छ।

बजेटका सिद्धान्त तथा प्राथमिकताउपरको छलफल अबदेखि संसद्को हिउँदे अधिवेशनमा हुने भएको छ। यसअघि बजेट अधिवेशनमा हुने बजेट पूर्वको छलफललाई सरकारले कानुन नै संशोधन गरेर हिउँदे अधिवेशनमा गर्ने व्यवस्था गरेको हो।

संशोधित प्रावधानले सरकारले फागुन मसान्तभित्र बजेटका प्राथमिकता संसदमा पेस गर्ने र संसद्ले चैत १५ भित्र सरकारलाई सुझाव उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता उपर छलफल गर्ने समय कम भएको र सांसदले दिएका सुझाव समेटिन नसकेको गुनासो बढ्दै गएपछि परम्परा तोड्दै सरकार नयाँ ढंगले अघि बढन चाहेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?