ललितपुरको पुलचोकमा बीवाईडीको नयाँ शोरुम

ललितपुरको पुलचोकमा बीवाईडीको नयाँ शोरुम
+
-

काठमाडाैँ- विद्युतीय सवारीसाधनको क्षेत्रको कम्पनी बीवाईडीले ललितपुरको पुलचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरेका हुन्।

उक्त शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन रहेका छन्।

यस शोरुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोसेढुङ्गाको कार्य गरेको छ, जसले विद्युतीय सवारी साधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातको लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीको भनाइ छ।

सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्ने र एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोरुम उद्घाटनकोअवसरमा नेसनल सेल्स हेड प्रकाश तुलाधरले ललितपुरमा नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित भएको बताएका छन्।

बीवाईडीका यो नयाँ शोरुम सहित नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?