दिनभरिका १० मुख्य समाचार

+
-

वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको बिभागले जानकारी दिएको छ।

०००

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सुन तस्करी बढिरहेका बेला विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ। शनिबार सशस्त्र प्रहरी बलले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको जानकारी गराएको हो।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनमा गरिने काठमाडौँ केन्द्रित आन्दोलनले अन्य दल तथा दलका नेतालाई घुँडा टेकाएरै छाड्ने दाबी गरेका छन। पार्टीद्वारा झापाको एक भेलालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपाले प्रदेशमा सभामुख नलिँदा प्रदेश खारेज हुने भए तत्काल सभामुख र  सांसद हरूले राजीनामा दिएर मैदानमा उत्रिने पनि बताएका छ्न।

०००

भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म रेल जाने भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अयोध्या जाने रेलको टिकटको बुकिङसमेत खुलिसकेको र आइतबार बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्ने जानकारी दिए।

०००

सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।

०००

कोशी प्रदेश नामकरण खारेजीको आन्दोलनमा रहेका पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले समिति गठन गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। त्यस्तै बैठकले१० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि नियमावली स्वीकृत गर्ने निणर्य गरेको छ।

०००

सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ। अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाएका थिए।

०००

असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९ औँ सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमा सिङ्घेबीच भेटावार्ता भएको छ। शनिबार भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएका छन।

०००

इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार सीरीयाको राजधानी दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अुनसार पाँच जनाको मृत्यु भएको र इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूणर् भवन ध्वस्त पारेको जनाइएको छ।

०००

र चौथो संस्करणको टाइगर कप भलिबलमा हेल्प नेपाल स्पोट्र्स क्लब च्याम्पियन बनेको छ। शनिबार भएको फाइनल खेलमा घरेलु टोली गण्डकीलाई ३-१ले पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?