बुटवल– रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ। पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो। पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैशाखी बितरण गरेको छ।
बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आबश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक अबस्था र शारिरिक अबस्था कमजोर भएका व्यक्ति पनि सहजरुपमा हिँडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए।
गाउँपालिकाले महिला बिकास शाखा मार्फत ९ वटा ट्राई साईकल र १/१ वटा ह्वील चेयर र बैशाखी प्रदान गरेको हो। गाउँपालिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सहायता सामाग्री बितरण गरेका हुन्।
पालिकाले गत बर्ष पनि अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वापत ७ वटा ह्वील चियर र एउटा बैशाखी वितरण गरिएको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिईन्।

भर्खरै
लोकप्रिय






































































































































































































