भायानेटले ल्यायो ‘एक किन्दा एक उपहार’ योजना

भायानेटले ल्यायो ‘एक किन्दा एक उपहार’ योजना
+
-

काठमाडाैँ – भायानेट कम्युनिकेसनले भायानेटको इन्टरनेट नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार )इन्टरनेट योजना सार्वजनिक गरेको छ।

यस अफरमा ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ।

यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ।

एक पटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन् र जुन ग्राहकले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्ने छन्।

गिफ्ट भौचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००ं भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन्।

उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुने भायानेटले जनाएको छ। उपहार भौचर दाबी गरिसकेपछि आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुटसहितको मूल्य सार्वजनिक गरेको छ। जसको मूल्य मात्र २७००ं भ्याट रहेको भायानेटले जनाएको छ।

भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको संस्था हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?