नाटक ‘समय पीडा’: ‘बुवाआमाको मन छाेराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’

नाटक ‘समय पीडा’: ‘बुवाआमाको मन छाेराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’
+
-

हुर्कँदै गरेका छोराछोरी। बुढ्यौली अवस्थामा पुग्दै गरेका आमाबुवा। छोराछोरीकाे विदेश मोह र बुवाआमाको सन्तान माया। विदेश पुगेर त्यहाँको चौकाचौध दुनियाँमा रमाएका छोराछोरी र छोराछोरी घर फर्कने आशमा बसेका आमाबुवा।

नाटक ‘समय पीडा’ ले यस्तै कथा बोल्छ र देखाउँछ।

विदेश गएका छोराहरु नफर्कने पीरमा कमजोर र बिरामी हुँदै गएकी आनन्दी र साहारा बनेका बुढा रामनाथ। आनन्दीको मृत्यु र छोराबुहारी नआउँदा एक्लिएका रामनाथ।

नेपालमा अहिले यो लगभग घरघरको कहानी हो। नेपाली समाजको अहिलेको अवस्थालाई नाटकले सशक्त उठाएको छ।

कक्षा ९ को अनिवार्य नेपाली किताबमा रहेको कथा ‘समय पीडा’लाई नाटकको रुपमा कथाकार पद्यावती सिंहले उतारेकी हुन्।

सुन्दर धितालको निर्देशन तथा संगीतमा तयार पारिएको नाटक राजधानीको रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियो (शैली)मा बुधबारदेखि मञ्चन सुरु भएको छ। नाटक माघ २२ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा विशाल देवकोटा, संगीता थापा, सगुन पोखरेल, रोहित श्रेष्ठ, अर्जुन दुलाल, अन्जसा रिजाल, उन्नतजंग उप्रेती, शंकर पोखरेल, कपिल दिप काफ्ले, नवीन प्याकुरेल र विपीन जैसवालको अभिनय रहेको छ।

कक्षा ९ को किताबबाट साभार गरिएकाले नाटक विद्यालयको मागअनुसार नाटक मञ्चन गरिने कलाशी प्रोडक्सन हाउसले जनाएको छ। अन्य नाटकप्रेमी दर्शकका लागि भने हरेक शनिबार १:३० बजे नाटक मञ्चन गरिने नाटककी कलाकार सगुन पोखरेलले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?