
अ
+
अ
अ
-
काठमाडौँ– अब लक्ष्मी सन्राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने भएको छ। बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनयक्सटी को थालनी गरेको जनाएको छ।
ओरेन्ज एनयक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, लक्ष्यमा आधारित निक्षेप जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्ने छ।
ग्राहकहरुको बदलिँदो आवश्यकता,अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकले जनाएको छ।