
झापा – कोशीबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन्।
प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलभन्दा दुई मतले पछाडि परेका सिटौला स्थानीय तहको मत गणना सम्पन्न भएपछि विजयी भएका हुन्।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए।
स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे।
स्थानीय तहतर्फ ४ मत बदर भएको छ।