
अ
+
अ
अ
-
काठमाडौँ– पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको शेयर लक्ष्मी सनराइज क्यापिटलले बिक्री गर्ने भएको छ।
बुधबार हाइड्रोपावरको प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।