
अ
+
अ
अ
-
काठमाडाैँ- भेष्पा अप्रिलियाको स्कुटर किन्दा ६० प्रतिशत सम्मको फाइनान्स पाइने भएको छ।
भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड संग साझेदारी गरेको कम्पनीले जनाएको छ।
नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६०% सम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिना सम्म रहनेछ।
यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।