
काठमाडौँ– डिजिटल वलेट खल्ती शुक्रबारबाट सातौ वर्षमा प्रवेश गरेको छ।
२०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गरिरहेको छ।
सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई खल्तीले आफ्नो वार्षिकोत्सवमा आभार व्यक्त गरेको छ।
कम समयमा नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख प्रयोगकर्ताहरूले प्रयोग गर्ने खल्तीले जनाएको छ। १ लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीको डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भईरहेका छन्।
आफ्नो स्थापनाको छोटो अबधीमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्ट, ६० हजार मर्चेन्ट , ५० बैंक तथा वित्तिय संस्था र १५००ं सहकारीलाई खल्तीले सेवा दिएकाे जनाएकाे छ।
सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले शुक्रबार देखि माघ १८ सम्म पहिलो बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याक को अफर उपलब्ध गराएको छ।
यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ। यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै खल्ती ब्यालेन्स , खल्ती पोईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन्। ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्।