तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग

तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग
+
-

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले तीन वटा गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग गरेको छ। सेन्टरले आफ्नो सामाजिक कार्यअन्तर्गत औषधि सहयोग गरेको हो।

सेन्टरका प्रमुख नारायण फडेराले यस वर्षका लागि आफ्नो सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यअनुसार तीन वटा स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको बताए।

शनिवार सेन्टरमै एक कार्यक्रम आयोजना गरेर औषधि सहयोग गरिएको हो। नेपाल सरकारबाट प्राप्त हुने ९८ प्रकारका औषधिबाहेक अन्य ३० प्रकारका औषधि सेन्टरले सहयोग गरेको हो।

सेन्टरले औषधि सहयोग गरेका स्वास्थ्य संस्थामा नाम्खा गाउँपालिका– १ को हेक्पा स्वास्थ्य चौकी, सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकी र खार्पुनाथ गाउँपालिकाको दुर्पा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्।

सहयोग गरिएको औषधि नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामा, सिमकोट गाउँपालिका नरबहादुर भण्डारीले बुझेका छन् भने खार्पुनाथ गाउँपाकिलाबाट कोही नआएको कारण केही समयपछि सो औषधि बुझाइनेछ। नाम्खा गाउँपालिकाको स्वास्थ्य चौकीले भने पहिलो पटक औषधि सहयोग प्राप्त गरेको छ।

एउटा स्वास्थ्य संस्थाका लागि २७ देखि ३० हजारको औषधि सहयोग गरिएको छ। औषधि सेन्टरका सल्लाहकार संयोजक राजन रावत, कार्यालय प्रमुल नारायण फडेराले प्रदान गरेका थिए। तीन वर्षदेखि सेन्टरले औषधि सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि यसरी सहयोगलाई सेन्टरले निरन्तरता दिने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?