बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार

बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार
+
-

बुटवल- बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो।

नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेत रहेका छन्।

नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करीब १ सय भन्दा बढी प्रतीक चिन्हहरुमध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो।

तीनवटा प्रतीक चिन्हमध्ये न्यौपानेको प्रतीक चिन्हले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिन्ह छनोट भएको प्रवक्ता रानाले बताए।

कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो।

छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्ने र प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?