त्रिविको वेबसाइट ह्याक हुनु सामान्य कुरा हो: उपकुलपति भुसाल

त्रिविको वेबसाइट ह्याक हुनु सामान्य कुरा हो: उपकुलपति भुसाल
+
-

काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भनेकै भोलिपल्ट परीक्षा तथा नतिजासम्बन्धी वेबसाइट ह्याक हुनुलाई उपकुलपति प्रा.डा. शिवलाल भुसालले ‘सामान्य’ घटना बताएका छन्।

त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (tuexam.edu.np) बुधबार ह्याक भएको थियो। बिहीबार यो समाचार तयार पार्दासम्म पनि उक्त वेबसाइट रोहित रोकायाको फेसबुक अकाउन्टमा रिडाइरेक्ट भइरहेकै छ। झन्डै २४ घन्टा बितिसक्दा पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आफ्नो पेज फिर्ता लिन सकेको छैन।

त्रिविको परीक्षासम्बन्धी वेबसाइट कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ह्याक गरेका हुन्।

त्रिविले माघ १५ देखि परीक्षासम्बन्धी सबै सेवा अनलाइनमार्फत दिने बताएको थियो।

यसबारे डा. भुसालले देशसञ्चारसँग भने, ‘ह्याक हुनु सामान्य कुरा हो। सेना, पेन्टागनका साइट त ह्याक हुन्छन्।’

उनले यसबारे आफूलाई बढी थाहा नहुने पनि बताए।

‘यसबारे मलाई कहाँ सबै थाहा हुन्छ? परीक्षा नियन्त्रण कार्यालयतिरै सोध्नुस् न.’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?