
मुगु- कर्णाली प्रदेशकाे विकट हिमाली जिल्ला मुगुमा गएरातिदेखि हिमपात सुरु भएकाे छ।
केही दिनयता अत्यधिक चिसाे बढेपछि बुधवार रातिदेखि मुगुमा वर्षासँगै हिमपात सुरु भएकाे हाे।
नेपालकै ठूलाे र गहिराे ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेकाे रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए।
विशेषगरी रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएकाे छ। मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक, तलिलेक, साेरूकाेट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेकाे छ।
माघ महिनाकाे तेस्राे हप्तामा भए पनि हिमपात सुरु भएपछि खेतीपाती गर्ने कृषकलगायत स्थानीय बासिन्दाहरूलाई राहत मिलेकाे छ।