
काठमाडौं- गायन रियालिटी शो इन्डियन आइल सिजन १४ बाट बाहिरेकी गायिका मेनुका पौडेललाई सोमबार झापामा अभिनन्दन गरिने भएको छ ।
आइतबारको एपिसोडमा उनी शोबाट बाहिरिएको घोषणा भएको थियो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनकारी गराएकी छन् । ‘मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’
रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै उनलाई आज झापामा अभिनन्दन गर्न लागिएको हो ।
मेनुका झापाकी चेली हुन् । उनी विसं २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी थिइन् ।
मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन ।