झापाको बुद्धशान्तिमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने

झापाको बुद्धशान्तिमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने
+
-

झापा – बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा झापाको बुद्धशान्ति ३ मा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २ गतेबाट फागुन १२ सम्म हुने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए।

प्रतिष्ठानको कार्यालयमा बुधबार  पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष प्रसाईंले क्रिकेट प्रतियोगिताका बारेमा जानकारी दिएका हुन्। प्रतियोगितामा झापाका १५ वटै पालिकाका टोली सहभागी हुने उनले बताए।

प्रतियोगिताको विजेता टोलीले रु १ लाख र उपविजेता टोलीले रु ५० हजार पाउने उनले जानकारी दिए। प्रथम पुरस्कारको राशि प्रतिष्ठान स्वयंले उपलब्ध गराउने दोस्रो पुरस्कारको नगद राशि इन्दिरा फाउन्डेसनले उपलब्ध गराउने प्रसाईंले बताए।

प्रतियोगिताको अनुमानित लागत १७ लाख रुपैयाँ अनुमान गरिएको छ। प्रतियोगिता बुद्धशान्ति ३ मा पेट्रोल पम्प पश्चिमपट्टिको मैदानमा हुने प्रसाईंले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?