आफ्नै भनाइका कारण ‘लास्ट बेञ्चर’ मुख्यमन्त्री कार्की सर्वत्र आलोचित

आफ्नै भनाइका कारण ‘लास्ट बेञ्चर’ मुख्यमन्त्री कार्की सर्वत्र आलोचित
+
-

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की गत सोमबार मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सवमा सम्बोधन गर्दै थिए । सोही कार्यक्रममा उनले गरेको सम्बोधनले अहिले सामाजिक सञ्जाल तातेको छ । त्यतिमात्र होइन, उनले गरेको भाषणकै कारण सामाजिक सञ्जालमा उनलाई गाली गर्नेहरूको भीड बढ्दै गएको छ ।

साजिलाल माविको ५८ औं वार्षिकोत्सवमा उनले भनेका थिए, ‘म फरक किसिमले सोचिरहेको छु । म पनि क्लासमा लास्ट बेञ्चमै बस्ने मान्छे हो । फर्स्ट बेञ्चमा बस्नेले त पढ्ने लेख्ने मात्रै जान्यो। कसरी लोकसेवा पास गर्ने र भूँडी भर्ने भन्ने मात्रै जान्यो । त्यो अहिले खरदार छ म मुख्यमन्त्री छु ।’

उनले उक्त कुरा बडो गर्वका साथ भनेका थिए । उनको भाषणको क्लिपमा उनको हाउभाउ हेर्दा लाग्छ ‘उनले संसार जितेका हुन् ।’

उनले फरि भने, ‘सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन ।’ सामाजिक उनलाई प्रश्नको ओइरो लागेको छ ‘के उसो भए सबैखाले परीक्षा खारेज गरिदिने हो त!’

गरेको भाषण बासी हुनुभन्दा झन् साजी(ताजा) भएर सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

प्रदेशको मुख्यमन्त्री जस्तो पदमा रहेर यस्ता कुरा बोलेकाले मानिसहरू अचम्ममा पर्नु स्वाभाविक हो । धेरैले उनको अभिव्यक्तिलाई अनपेक्षित मानेका छन् ।

केही दिन अघि झापाको बिर्तामोडमा भएको कार्यक्रममा पनि उनले ‘म श्याम बाबाको मन्दिर गएर आएपछि मुख्यमन्त्री भएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री बनेलगत्तै उनी माध्यमिक तह पढेको विद्यालयको खेलमैदानमा पुगेर ‘तपाईहरूको भाइभतिजो मुख्यमन्त्री भयो, अब सीडीओ, सचिवलाई आदेश दिन्छ’ भनेका थिए । बारम्बार यस्ता अभिव्यक्ति दिएका कारण उनी अहिले आलोचित बन्न पुगेका छन् ।

मोरङकै विभिन्न विद्यालयका फर्स्ट बेञ्चरहरू देश विदेशमा उच्च तहमा रहेका काम गरिरहेका बारेमा मुख्यमन्त्री कार्की अनभिज्ञ छन् । मोरङको विभिन्न विद्यालयका फर्स्ट बेञ्चरहरू कोही अमेरिकाको मेरील्याण्ड राज्यको मेडस्टार युनियन मेमोरियल हस्पिटलमा रेसिडेन्ट फिजिसियन छन् भने कोही अन्य हस्पिटलमा ख्याति कमाएका चिकित्सक छन् । उदाहरणका रुपमा राकेश गिरी र अरुण कालिकोटेको नाम लिन सकिन्छ ।

काठमाडौं तथा देशका अन्य जिल्लाका विद्यालयबाट एसएलसीमा बोर्ड भएकाहरू देश/विदेशमा ख्याति कमाइरहेका छन् । प्रदेश सरकारकै मातहतमा रहेको कोशी अस्पतालमा पनि दुई जना चिकित्सक रहेका छन् ।

विराटनगरको एउटा अनलाइनको फेसबुक पेजमा हालिएको मुख्यमन्त्री कार्कीको भिडियोमा यो सामाग्री तयार पार्दासम्म ७ सय ७२ प्रतिक्रिया छन् । त्यस्मा अधिकांशले मुख्यमन्त्री कार्कीलाई गाली गरेका छन् ।

शिक्षा क्षेत्रमा लामो समय क्रियाशील रहेका व्यक्तिहरूले पनि मुख्यमन्त्री कार्कीको भनाइप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले मुख्यमन्त्री कार्कीको भनाइले विद्यार्थीलाई पढाईप्रति ‘डिमोटिभेट’ गर्ने बताए ।

संस्थागत विद्यालयहरूको संगठन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीका अनुसार मुख्यमन्त्री जस्तो मान्छेले सार्वजनिक अभिव्यक्ति दिँदा विवेक अपनाउनु पर्छ । पुरीले भने, ‘उहाँले कुन आशयले भन्नु भएको हो उहाँलाई नै थाहा होला । तर उहाँको भनाइ मिलेन जस्तो लाग्छ मलाई । उहाँको बुझाइ के हो उहाँ नै जान्नु हुन्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?