सडक नाटक:जहाजमा सरररर…

सडक नाटक:जहाजमा सरररर…
+
-

काठमाडौं- भोटेबहालको दीप माध्यामिक विद्यालय (मृगशिरा वर्ल्ड स्कुल)का छात्रहरूले  ‘जहाजमा सरररर…’ सडक नाटक प्रस्तुत गरेका छन्। उनीहरुले शनिबार भाेटेबहालमै उक्त नाटक मञ्चन गरेका हुन्।

नाटकले विदेश नगएर स्वदेशमै केहि गर्नुपर्ने सन्देश बोकेको  निर्देशक पुष्पराज अवस्थीले बताए।

उनले भने, ‘हामी देखासिकी गरेर विदेश जान्छौ, वास्तविकता नबुझेरै विदेश जान्छौ जसकारण दु:ख पाउँछौ। ठूलो रकम लगानी गरेर विदेश गएर दु:ख गर्नुभन्दा र झनै ऋण लगाउनु भन्दा त्यही पैसाले यहाँ साजै भएपनि व्यवसाय गर्नु पर्छ भन्ने सन्देश नाटकले दिएको छ।’

साथै नाटकले हामीलाई आफ्नो देश, परिवार र मित्रहरूसँग जोडिएर बस्ने बिषयवस्तुलाई जोडेको उनले जानकारी दिए।

नाटकमा कृष्ण यादव, स्नेहा यादव, बिजेन लामा, रितिका खड्का, रिथम कार्की, विप्लव अधिकारीको मुख्य भुमिका छ। साथै सुप्रिम केसी, साइमन थापा, परी शर्मा, निधिकुमारी साह, रोशनी पाण्डे, रितिका खड्का, अम्जो देउला, विकेश श्रेष्ठ, राहुल कुमार साह, श्रृष्टी श्रेष्ठ, मिले महर्जन र साकिरा कठाएत लगायतको अभिनय गरेका छन्।

नाटक  काठमाडौंको लगनचोक, बसन्तपुर डबली, संकटादेवी मन्दीर गरि तीन ठाउँमा देखाइएको थियो।

नाटकको निर्देशन पुष्पराज अवस्थीले गरेका हुन् भने सह निर्देशनमा सृष्टी शाह छिन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’