नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ। शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
000
क्यानडाविरुद्ध नेपालले लगातार दोस्रो जित निकाल्दै सिरिज अन्तिम खेलअगावै २–० ले कब्जा गरेको छ। दोस्रो एकदिवसीय खेलमा टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो।
000
रुसी सेनामा भर्ना भएका थप दुई नेपालीको मृत्यु भएको छ। यो सँगै मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्। रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि परराष्ट्र मन्त्रालयमा आवेदन दिएका छन। रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको मन्त्रालयले जनाएको छ।
000
प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबद्ध हुनुपर्ने बताएका छन। सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरेका थिए।
000
परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन।अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्समा सम्बोधन गर्दै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिएका थिए।
000
नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ। हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महाशाखा प्रमुख बुद्धिसागर लामिछानले बताएका छन। नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ।
000
वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ। अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको अस्पतालले जानकारी दिएको छ ।
000
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा नगरेकोले जनतामा असन्तोष र आक्रोश बढेको बताएका छन। पोखरामा शनिबार भएको एक कार्यक्रममा उनले सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको बताएका हुन।
000
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक बृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको बताएका छन। दाङमा भएको एक कार्यक्रममा बोल्दै उनले लुम्बिनीलाई शान्ती क्षेत्रको रुपमा विश्वभर चिनाउन अन्र्तराष्ट्रिय स्तरको सम्मेलन गर्न थालेको पनि जानकारी दिएका छन।
000
र नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिबार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकालेको हो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































