संसदीय टोलीद्धारा चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

संसदीय टोलीद्धारा चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण
+
-

काठमाडौं-चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गरेको हो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरुलाई समेट्ने प्रतिबद्धता जनाएका छन्।

‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौं,’ प्रधानमन्त्रीले भने,‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु।’

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरुको टोलीले पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो ।

‘नेपालका सांसदहरूका लागि कार्यशाला’ मा प्रतिनिधि सभाका १४, राष्ट्रिय सभाका ३ र संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्कासमेत ३ जना अधिकृतहरूले सहभागी भएका थिए।

भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताए।

‘प्रतिवेदनमा सरकारबाट कार्यान्वयन गरिनुपर्ने सुझावहरूसमेत प्रस्तुत गरिएकाले हाम्रो भ्रमण टोलीको तर्फबाट उक्त सुझावहरू यथासम्भव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछौं,’उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?