
काठमाडौँ– एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन्। बिहीबारबाट सुरु भएको नवौं जिल्ला अधिवेशनबाट त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन्। नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार निर्वाचन भएको थियो ।
यस्तै, उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उपसचिवमा रेग्मी र भक्त बहादुर लामीछाने निर्वाचित भएका छन्। चुनावी परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।