
काठमाडौँ – सिटिजन्स बैंकले मोरङकाे महिला जागृती तथा वृद्धा आश्रमलाई ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको छ।
बैकंले बिहीबार मोरङको बुढीगंगा गाँउपालिका–१, पुष्पलाल चोकमा अवस्थित आश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु सहयोग गरेको हो।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको वृद्धाश्रमलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्रीहरु हस्तान्तरण गरे। समारोहलाई सम्बोधन गर्दै पोखरेलले सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको बताए।
बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट १७ लाख १९ हजार ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ।