
काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको राजनीति र भिजन जोकर भएको बताएका छन्।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको नागमती ड्याम परियोजनाका चुनौती र सम्भावना अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘हाम्रो राजनीति र भिजन कस्तो जोकर छ भने भएको नदी मारेर कहिले मेलम्ची भन्ने त कहिले नागमती ड्याम भन्ने तर पानी चाहिँ जारकै खाने,’ उनले भने।
उनले काठमाडौँमा भएका अरु नदीहरूको पनि अध्ययन गर्ने प्राप्त ठाउँ भएकोले अध्ययन गर्न सकिने बताए। उनले भने,’बरु काठमाडौँमा भएका अरु नदीहरूको पनि अध्ययन गरौँ, जस्तै मनोमती,नख्खु खोला, धोबीखोला। भएको नख्खुखोला मार्ने अनि अरु अरु खोज्न लाग्ने, पहिला हामी स्कुल जाँदा त्यो खोलामा माछा पाइन्थ्यो हामीले सर्ट झिकेर माछा मार्थ्यौँ।’ उनले यो भन्दै गर्दा आफूहरू विकास विरोधी नभएको बताए।
उनले नेपाल विकेन्द्रित विकास भनेर सात प्रदेश हुँदा पनि पनि भएको बजेट र विकास चाहिँ सबै काठमाडौँ उपत्यका आसपासमा हाल्ने हाल्ने प्रवृत्ति रहेको बताए।
उनले हरेक परियोजना बनाउँदा सोच विचार गरी नबनाउने चलन रहेको बताए। उनले भने,’हरेक कुरामा सजग हुन पर्यो, आगामी पुस्ताले हामीलाई गाली गर्दै भन्नेछन्– कस्ता विचार र भिजन नभएका रहेछन्, अघिल्लो पुस्ताका मानिसहरू, त्यो कठघरामा हामी बस्न पर्ने हुन्छ। मेलम्ची भनेको २२ वर्ष भयो खान पाएका छैनौ, यो ड्याम पनि हाम्रो जीवनकालमा हेर्न पाइँदैन होला।’
उनले बाँध बन्दा हुने अन्तराष्ट्रिय विनाशकारीलाई पनि सम्झिन आग्रह गरेका छन्। ‘यस परियोजनालाई विकासप्रेमी र वातावरणप्रेमीको द्वन्दभन्दा पनि रचनात्मक हिसाबले काम गरी एडिबीलाई रिकोइस्ट गरेर विकास नपुगेको ठाउँमा विकास गर्न लगाऔँ’,उनले भने।