गण्डकीका २ लाख ५३ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप

गण्डकीका २ लाख ५३ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप
+
-

पोखरा – देशैभर सञ्चालन हुन लागेको दादुरा रुबेला बिरुद्धको खोप गण्डकीका साढे २ लाख बढी बालबालिकालाई दिइने भएको छ। गण्डकीका मनाङ र मुस्ताङ बाहेक ११ जिल्लाका २ लाख ५३ हजार ३६ बालबालिकालाई खोप दिन लागिएको हो।

नवलपुरका मात्रै १ लाख २२ हजार बालबालिकालाई खोप दिइनेछ। ८ जिल्लामा ९ महिना पूरा गरेका र ५ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुरा रुबेलाको खोप दिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. हेमन्त शर्माले जानकारी दिए। नियमित खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई छुटेको खोपको मात्र दिने उनले बताए ।
‘नवलपुरमा भने ९ महिना पूरा भएका र १५ वर्षमुनिका बालबालिकालाई खोप दिदैछौं’, डा. शर्माले भने।

गण्डकीमा २ हजार ८८९ खोप सेसन चल्नेछ। त्यतिकै संख्यामा स्वास्थ्यकर्मी खटिनेछन्। ५ हजार ७७८ स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन्।

‘कुनै पनि बालबालिकाहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपरोस् भने सजगता अपनाएका छौं’, शर्माले भने। मनाङ र मुस्ताङमा भने अर्को चरणमा अभियान चल्नेछ। ‘मनाङ मुस्ताङमा आमाहरु फर्केपछि सञ्चालन गर्नेछौं। अहिले सबै तल झर्नुभा’छ’, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शर्माको भनाइ थियो। मनाङ मुस्ताङमा हिउँदको बेला चिसो चल्न तल झर्ने चलन छ।

नेपालमा सन् २००४ देखि हरेक ४ वर्षमा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै आइरहेको छ। तर, पनि प्रभावकारी देखिएको छैन।

यो वर्षमात्रै १८ जिल्लामा दादुरा रुबेलाको महामहरी फैलिएकोे थियो। १ हजार ३ सय बढी प्रभावित भएका थिए। गण्डकी प्रदेशमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रकोप देखिएको थियो।

३ जना दादुरा रुबेलाबाट संक्रमित भएको शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले बताए। पुस र माघ महिनामा संक्रमित फेला परेको उनको भनाइ छ। ‘संक्रमित तीनै जना निको भएको छ’, उनले भने।

विश्व स्वास्थ्य संगठन गण्डकीका मेडिकल अफिसर डा. रामु शर्माले दादुरा रुबेलाको खोपको अभियना नियमित चलाएपनि १६ प्रतिशत छुट्ने गरेको बताए।

‘नियमित खोप अभियानमा ८४ प्रतिशतले मात्रै लगाएका छन्। १६ प्रतिशत छुटेको पाइन्छ। अहिले चल्ने अभियानमा छुटेका बच्चाले पनि पाउछन्’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?